मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतकी हरनाज कौर बनिन् ‘मिस युनिभर्स २०२१’

सोमबार, २७ मङ्सिर २०७८, १० : ३६
सोमबार, २७ मङ्सिर २०७८

भारतकी हरनाथ कौर सन्धु ‘मिस युनिभर्स २०२१’ बन्न सफल भएकी छन् । उनी ७० औं मिस युनिभर्स बनेकी हुन् । सोमबार बिहान इजराइलको इलियटमा आयोजित कार्यक्रमकाबीच उनलाई मिस युनिभर्स घोषित गरिएको हो । 

भारतको पञ्जाबकी २१ वर्षीया हरनाजले पराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी ललेला मसवानेलाई हराउँदै मिस युनिभर्सको ताज जितेकी हुन् । सन् २०१७ मा हरनाजले ‘मिस चन्डीगढ’ जितेकी थिइन् । उनले अर्को वर्ष २०१८ मा ‘मिस म्याक्स इमर्जिङ इन्डिया २०१८’ पनि जितेकी थिइन् । उनले सन् २०१९ मा ‘मिस इन्डिया’ पनि सहभागिता जनाएकी थिइन् । उनी सो प्रतियोगिताको टप १२ सम्म पुगेकी थिइन् । 

यसअघि सन् १९९४ मा भारतकी सुष्मिता सेनले पनि मिस युनिभर्सको ताज पहिरिएकी थिइन् । यसैगरी, सन् २००० मा लारा दत्ताले जितेकी थिइन् । 

नेपालबाट ‘मिस युनिभर्स २०२१’ मा ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत पनि सहभागी थिइन् ।  ​


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप