फिल्मका कारण रातभर सुत्न सक्दिन : निर्देशक आचार्य
सहायक हुँदै फिल्म निर्देशनमा होमिएका हुन् ऋषिराज आचार्य । ‘मिस्टेक’ बाट फिल्म निर्देशनमा डेब्यु गरेका आचार्य निर्देशित पछिल्लो फिल्म हो ‘चुरीफुरी’ । ९ पुसबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा अधिकांश कलाकार नयाँ छन् ।
सोही कारण पनि फिल्मको व्यवसाय के हुने हो भन्ने डरले आचार्यलाई सताएको छ । फिल्म सफल बनाउन उनी प्रचार प्रसारमा पनि जुटिरहेकै छन् । फिल्मी माहोल शिथिल भएको समय फिल्म रिलिज गर्न लागेका आचार्यलाई फिल्मको विषयमा गरिएको केही ५ प्रश्न ।
अहिले फिल्म चल्छ र, किन रिलिज गर्न लाग्नुभयो ?
कोरोनाका कारण फिल्म क्षेत्र नराम्रोसँग थलिएको छ । सबै क्षेत्र चलायमान भएको धेरै भइसक्यो । फिल्म क्षेत्र अझै चलायमान हुन सकेको छैन । फिल्म क्षेत्र फेरि पहिलेको गतिमा फर्कानुपर्छ भन्ने उद्देश्य धेरैको छ ।
तर, फिल्म रिलिजका लागि सबैले आँट गर्न सकेका छैनन् । त्यो आँट मैले देखाएको हो । अहिलेको समय फिल्मको रिजेल्ट के हुने हो भन्ने डरले राती सुत्न सक्दिन । तै पनि राम्रो हुने सोचका साथ फिल्म रिलिज गर्दैछु । २०७२ को भूकम्पपछि पनि सबै निर्माता फिल्म रिलिजका लागि यसैगरी डराएका थिए । मैले हिम्मत गरेर फिल्म ‘सपना तिम्रो मेरो’ रिलिज गरे । त्यो समय भूकम्पपछिको सफल फिल्ममा मेरै फिल्म पर्यो ।
लगानीको जोखिम कत्तिको छ नि ?
त्यो त छ । अहिले लगानी उठ्छ, उठ्दैन भनेर सोचेर बस्ने बेला पनि होइन । पहिले फिल्म क्षेत्र चलायमान हुनुपर्यो । त्यसका लागि हिम्मत गरेर फिल्म रिलिज गर्न लागेको हो । हिम्मत गर्ने सफल हुन्छन् भन्ने मेरो बुझाइ हो ।
‘चुरिफुरी’ कस्तो फिल्म हो ?
यो हरेक नेपाली युवाहरुले विदेश यात्राको क्रममा भोग्ने समस्याको विषयमा निर्माण भएको फिल्म हो । समाजको तितो यथार्थ विषय फिल्ममा कमेडीको माध्यमबाट पस्किएको छु । फिल्म हरेकको मन छुने बनेको छ । सबैलाई एकपटक अवश्य हेर्न अनुरोध गर्दछ ।
फिल्ममा सबै नयाँ कलाकार छन्, ती अनुहारले दर्शक तान्न सक्छन् त ?
पछिल्लो समय फिल्मले दर्शक पाउन स्टार कलाकार राख्नु पर्दैन । स्टार कलाकार राखेर निर्माण भएको फिल्मबाट धेरै पटक दर्शक झुकिएका छन् । नयाँ कलाकार राखेर ‘चुरिफुरी’ मा मैले राम्रो कन्टेन्ट दिएको छु । मेरो फिल्मले बम्पर त ओपनिङ गर्दैन । रिलिज भएपछि माउथ पब्लिसिटी हुन्छ र दर्शक बढ्छन् भन्ने मेरो विश्वास हो ।
अब कस्तो फिल्म बनाउन सोच छ ?
प्रेमकथा, सामाजिक कथा र कमेडीका बिषयमा मैले फिल्म निर्माण गरिसकेको छु । अव विदेशमा समेत प्रथामिकता पाउने बिषयमा फिल्म गर्ने सोच छ । त्यसका लागि तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण