मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
सारांश
- गंगानारायण श्रेष्ठले आफू मन्त्री बन्न नेताहरूको ढोका चाहार्दै हिँडेको आरोपको खण्डन गर्दै बागमती प्रदेशको मुख्यमन्त्रीको दाबेदार रहेको बताएका छन् ।
- श्रेष्ठले एमालेसँग सत्ता बाँडफाँट हुँदा बागमती प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको सन्दर्भमा आफू मन्त्री पदका लागि नेताहरूको ढोका चाहार्दै हिँडेको भनी चरित्रहत्या गर्न खोजेको आरोप लगाएका हुन् ।
- उनले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर बनेको अवस्थामा कम्युनिस्ट शक्तिहरू एकतामा पुग्नु आवश्यक रहेको र त्यसैले प्रदेश सरकार नेकपा र एमाले मिलेर बनाउँदा उपयुक्त हुने बताएका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता गंगानारायण श्रेष्ठले आफू मन्त्री बन्न नेताहरूको ढोका चाहार्दै हिँडेको आरोप लगाउनेलाई कडा जवाफ फर्काएका छन् । पार्टीभित्रकै केही नेताले भ्रम फैलाउने कार्य गरेको आरोप लगाउँदै उनले आफू बागमती प्रदेशको मुख्यमन्त्रीको दाबेदारचाहिँ रहेको जवाफ फर्काएका हुन् ।
तर एमालेसँग सत्ता बाँडफाँटको सहमति हुँदा बागमती प्रदेशमा मुख्यमन्त्री एमालेको भागमै परेको सन्दर्भमा सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले केही व्यक्तिले अहिले फेरि आफू एक मन्त्री पदका लागि नेताहरूको ढोका–ढोका धाइरहेको भन्दै चरित्रहत्या गर्न खोजेको आरोप लगाएका हुन् ।
उनले कांग्रेस–एमाले गठबन्धन टुटेपछि प्रदेशसभा विघटन हुनबाट जोगाउन नेकपाले सरकार गठनमा सहयोग गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरेका छन्। सरकारलाई समर्थन मात्र गरेर बाहिर बस्नुपर्ने सुझाव देशभरिबाट आएको र आफूलाई पनि त्यो सुझाव मन परेको भए पनि परिस्थितिले त्यसो गर्न नदिएको उनको भनाइ छ।
श्रेष्ठले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर बनेको अवस्थामा विगतका कमजोरीको आत्मसमीक्षा गर्दै रूपान्तरणसहित कम्युनिस्ट शक्तिहरू एकतामा पुग्नु आवश्यक रहेको धारणा पनि राखेका छन्। त्यसैले प्रदेश सरकार नेकपा र एमाले मिलेर बनाउँदा उपयुक्त हुने आफ्नो बुझाइ रहेको उनले उल्लेख गरेका छन्।
यद्यपि प्रदेश सरकारको नेतृत्व बाँडफाँड कुन आधारमा गरिएको हो भन्नेबारे नेतृत्वले जनतालाई जवाफ दिनुपर्ने उनको माग छ।
श्रेष्ठले लेखेका छन्, ‘मेरो दाबी सुरुदेखि अहिलेसम्म मुख्यमन्त्रीमा थियो। हिजो अर्कै परिस्थितिमा मैले मन्त्रीको जिम्मेवारी लिएको थिएँ। अहिले एकथान मन्त्रीका लागि मेरो कुनै दाबी छैन। अनुमान र आरोप लगाउने साथीहरू स्पष्ट हुँदा हुन्छ। मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण