मंसिर सकिन लागेपछि चिन्तामा केकी !
विवाह कहिले ? अधिकांश अविवाहित अभिनेत्रीले मिडियाबाट हरहमेसा सामना गर्नुपर्ने प्रश्न हो यो । अझ विवाहको महिना मंसिर महिनामा त यो प्रश्नले उनीहरुलाई हैरान पार्ने गर्दछ । तर पछिल्लो समय केही अभिनेत्री मंसिर सकिँदै गर्दा चिन्ता गर्न थालेका छन् । जसको जल्दोबल्दो उदाहरण अभिनेत्री केकी अधिकारी हुन् । केकीले यो मंसिर सकिन लागेकोमा चिन्ता व्यक्त गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै मंसिर सकिन लागेकोमा चिन्ता पोखेकी हुन् । उनले लेखेकी छन् ‘मंसिर जान पो लाग्यो !’ उनको पोष्टले यो मंसिरमा पनि घरजम नभएकोमा चिन्तित रहेको अनुमान गर्न सकिन्छ । केकी म्युजिक भिडियो र चलचित्र दुबैमा ब्यक्त अभिनेत्री हुन् ।
पछिल्लो समय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ समेत निर्माण गरिरहेकी केकी सामाजिक मुद्दाका बिषयमा पनि खुलेर बोल्ने गर्छिन् । केही समय अगाडि चलचित्र बिकास बोर्डमा आयोजित एक कार्यक्रममा उनले फिल्म क्षेत्रमा हुने महिला हिंसाको विषयमा बेलेकी थिइन् । जुन मिडियामा चर्चाको विषय बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण