आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर सकिन लागेपछि चिन्तामा केकी !

सोमबार, २७ मङ्सिर २०७८, १६ : ५२
सोमबार, २७ मङ्सिर २०७८

विवाह कहिले ? अधिकांश अविवाहित अभिनेत्रीले मिडियाबाट हरहमेसा सामना गर्नुपर्ने प्रश्न हो यो । अझ विवाहको महिना मंसिर महिनामा त यो प्रश्नले उनीहरुलाई हैरान पार्ने गर्दछ । तर पछिल्लो समय केही अभिनेत्री मंसिर सकिँदै गर्दा चिन्ता गर्न थालेका छन् । जसको जल्दोबल्दो उदाहरण अभिनेत्री केकी अधिकारी हुन् । केकीले यो मंसिर सकिन लागेकोमा चिन्ता व्यक्त गरेकी छन् । 

उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै मंसिर सकिन लागेकोमा चिन्ता पोखेकी हुन् । उनले लेखेकी छन् ‘मंसिर जान पो लाग्यो !’ उनको पोष्टले यो मंसिरमा पनि घरजम नभएकोमा चिन्तित रहेको अनुमान गर्न सकिन्छ । केकी म्युजिक भिडियो र चलचित्र दुबैमा ब्यक्त अभिनेत्री हुन् ।

पछिल्लो समय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ समेत निर्माण गरिरहेकी केकी सामाजिक मुद्दाका बिषयमा पनि खुलेर बोल्ने गर्छिन् । केही समय अगाडि चलचित्र बिकास बोर्डमा आयोजित एक कार्यक्रममा उनले फिल्म क्षेत्रमा हुने महिला हिंसाको विषयमा बेलेकी थिइन् । जुन मिडियामा चर्चाको विषय बनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप