एकैदिन कोभिडको १० वटा खोप लगाए, आखिर किन ?
न्युजिल्याण्डका एक व्यक्तिले कोभिड–१९ का १० वटा भ्याक्सिन लगाएका छन् । ती व्यक्तिलाई आफ्नो नामको खोप लगाइदिन भन्दै अन्य व्यक्तिले रकम तिरेका थिए ।
न्युजिल्याण्डले क्रिसमस अघि आफ्ना ९० प्रतिशत जनतालाई दुबै डोज भ्याक्सिन उपलब्ध गराउने लक्ष्य राखेको छ तर तीमध्ये धेरै अझै पनि धेरैले खोप लगाउन रुची देखाइरहेका छैनन् । तर खोप नलगाउनुको अर्थ केही स्वतन्त्रताबाट वञ्चित हुनु पनि हो जुन भ्याक्सिनेसन सर्टिफिकेट भएकाहरुलाई प्रदान गरिएको छ तर धेरैजना यसो गर्न पनि चाहँदैन् । त्यसैले कतिले देशको यो नीतिलाई छल्ने प्रयास पनि गरिरहेका छन् । त्यसैले केही रकम पाउने लोभमा कतिले आफ्नो शरीरमा भ्याक्सिनको १० डोज लगाउनसमेत तयार भएका छन् ।
अघिल्लो हप्ता न्युजिल्याण्डको न्युज वेबसाइट स्टफका अनुसार एक नाम नखुलाइएका व्यक्तिले अरु व्यक्तिको नाममा एकैदिन १० वटा खोप लगाएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले यसबारे अनुसन्धान थालेको छ ।
ती व्यक्तिले अकल्याण्डका विभिन्न भ्याक्सिनेसन सेन्टरमा पुगी विभिन्न व्यक्तिको नाममा कोभिड–१९ का थुप्रै डोज लिएको बताइएको छ । उनलाई ती व्यक्तिहरुले पैसा तिरेका थिए । उनी यसमा सफल भए किनभने खोप लगाउने व्यक्तिले त्यहाँ उपस्थित स्वास्थ्यकर्मीलाई आफ्नो नाम, जन्ममिति र ठेगाना मात्रै दिए पुग्छ । यसका लागि फोटो चाहिँदैन ।
‘फारममा टाँस्नका लागि सिमान्तकृत वर्ग जस्तै घर नभएका, ज्येष्ठ नागरिक, भिन्न रुपमा सक्षमलगायतका हरुको फोटो नहुन सक्छ त्यसैले हामीले खोपका लागि अवरोध सृजना गर्न चाहँदैनौं,’ खोप अभियानका प्रवक्ताले भने ।
यसरी खोप लगाइँदा के हुन्छ भनेर कुनै जानकारी उपलब्ध नभएपनि भ्याक्सिनोलोजिस्टले यसले खासै ठूलो हानी भने नपुर्याउने बताएका छन् । यद्यपि, उनीहरुले केही समस्या जस्तै ज्वरो, टाउको दुख्ने र साधारण दुखाई भने सहनुपर्छ ।
‘भ्याक्सिनको धेरै डोजले साधारण समस्या निम्त्याउँछन् जस्तै ज्वरो, टाउको दुख्ने र साधारण दुखाई । त्यसैले ती व्यक्तिलाई भोलिपल्ट यस्ता समस्या देखिने सम्भावना छ, ’ युनिभर्सिटी अफ अकल्याण्डका हेलेन पेटउसिस–ह्यारिसले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण