राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
निर्वाचन आयोगले १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन प्रयोजनका लागि आजदेखि १० पुससम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनिएको हो ।
निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ भने सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम छ ।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ । रिक्त हुन गइरहेका एक मनोनित बाहेकका १९ पदका लागि ३५ दिन अगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । एमालेका आठ, माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार, कांग्रेसका तीन र मनोनित एक सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेवाबारे मिथक : गर्मीमा खानु हुन्छ कि हुँदैन ?
-
जिपी उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
-
नमेटिने घाउ
-
हराएको तीन सातापछि घर फर्किए ‘तारक मेहताका उल्टा चश्मा’ का अभिनेता
-
एमाले जिल्ला अधिवेशन : लुम्बिनी प्रदेशका ७ जिल्लामा को-को छन् अध्यक्षका आकाङ्क्षी ?
-
६ वर्षमा बागमती प्रदेशमा एक लाखभन्दा बढीले गराए सुरक्षित गर्भपतन