जर्मनीबाट नेपाललाई कोरोनाविरुद्ध ४१ लाख डोज खोप प्राप्त
नेपालमा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई ४१ लाख डोज खोप सहयोग उपलब्ध गराएको छ । यसै साता जर्मनीद्वारा नेपाललाई १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र २१ लाख ७६ हजार ६५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत प्रदान गरेको हो ।
कोरोना महामारीसँग जुध्न जीवन बचाउने स्वास्थ्य सामाग्री तथा प्राविधिक सहयोगको निरन्तरताका रुपमा खोप सहयोग प्रदान गरिएको हो । यसका साथै यूनिसेफ मार्फत अतिन्यून तापक्रममा चिस्याउने फ्रिजर खरिद प्रक्रियामा समेत नेपाललाई जर्मनीले सहयोग प्रदान गरेको थियो ।
नेपालका लागि कार्यवाहक जर्मन राजदूत डा. स्टेफन रुसेकले भने, ‘हामीले आपसी सहयोगद्वारा मात्र यस महामारीसँग जुध्न सक्छौं । तसर्थ यस महामारीको सुरुवातदेखिनै जर्मनीले बहुपक्षीय मञ्च एसीटी–ए÷कोभ्याक्ससँग सहकार्य गरेको थियो र अहिले यस मञ्चको दोश्रो ठुलो दाताको रुपमा छ । हामीले नेपाली जनतालाई कोभिड बिरुद्धको ४१ लाख खोप सहयोग गर्न पाएकोमा गौरवान्वित भएको छौं ।’

१० प्रतिशतभन्दा बढी नेपालीले यस सहयोग मार्फत कोभिड–१९ रोगविरुद्धको खोप प्राप्त गर्न सक्ने जनाइएको छ । डा. रुसेकले युरोपेली संघका प्रतिनिधि स्टेफेन माइकन, युनिसेफका प्रतिनिधि एल्के विस र विश्व स्वास्थ्य संगठन प्रतिनिधि डा. विनोद बुराको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडालाई खोप हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषगरी १२ देखि १८ वर्षका बालबालिकालाई लक्षित गरी ५७ जिल्लामा पुस ४ गतेदेखि खोप वितरण गर्ने योजना बनाएको छ । जर्मनीले विश्वव्यापी रूपमा कोभ्याक्स मार्फत उदीयमान अर्थतन्त्रहरू र विकासोन्मुख देशहरूलाई जम्मा १७.५ करोड कोपभड–१९ बिरुद्धको खोप उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण