जर्मनीबाट नेपाललाई कोरोनाविरुद्ध ४१ लाख डोज खोप प्राप्त
नेपालमा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई ४१ लाख डोज खोप सहयोग उपलब्ध गराएको छ । यसै साता जर्मनीद्वारा नेपाललाई १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र २१ लाख ७६ हजार ६५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत प्रदान गरेको हो ।
कोरोना महामारीसँग जुध्न जीवन बचाउने स्वास्थ्य सामाग्री तथा प्राविधिक सहयोगको निरन्तरताका रुपमा खोप सहयोग प्रदान गरिएको हो । यसका साथै यूनिसेफ मार्फत अतिन्यून तापक्रममा चिस्याउने फ्रिजर खरिद प्रक्रियामा समेत नेपाललाई जर्मनीले सहयोग प्रदान गरेको थियो ।
नेपालका लागि कार्यवाहक जर्मन राजदूत डा. स्टेफन रुसेकले भने, ‘हामीले आपसी सहयोगद्वारा मात्र यस महामारीसँग जुध्न सक्छौं । तसर्थ यस महामारीको सुरुवातदेखिनै जर्मनीले बहुपक्षीय मञ्च एसीटी–ए÷कोभ्याक्ससँग सहकार्य गरेको थियो र अहिले यस मञ्चको दोश्रो ठुलो दाताको रुपमा छ । हामीले नेपाली जनतालाई कोभिड बिरुद्धको ४१ लाख खोप सहयोग गर्न पाएकोमा गौरवान्वित भएको छौं ।’
१० प्रतिशतभन्दा बढी नेपालीले यस सहयोग मार्फत कोभिड–१९ रोगविरुद्धको खोप प्राप्त गर्न सक्ने जनाइएको छ । डा. रुसेकले युरोपेली संघका प्रतिनिधि स्टेफेन माइकन, युनिसेफका प्रतिनिधि एल्के विस र विश्व स्वास्थ्य संगठन प्रतिनिधि डा. विनोद बुराको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडालाई खोप हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषगरी १२ देखि १८ वर्षका बालबालिकालाई लक्षित गरी ५७ जिल्लामा पुस ४ गतेदेखि खोप वितरण गर्ने योजना बनाएको छ । जर्मनीले विश्वव्यापी रूपमा कोभ्याक्स मार्फत उदीयमान अर्थतन्त्रहरू र विकासोन्मुख देशहरूलाई जम्मा १७.५ करोड कोपभड–१९ बिरुद्धको खोप उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित