सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

ब्युटिसियन नेपालकी विजेता बनिन् मञ्जु

शुक्रबार, ०२ पुस २०७८, १० : २८
शुक्रबार, ०२ पुस २०७८

सुर्खेतकी मञ्जु थापा ‘ब्युटिसियन नेपाल २०२१ ’ घोषित भएकी छन् । हिमालयन मुभिजको आयोजनामा म्युजिक सिटी स्टुडियो ललितपुरमा सम्पन्न प्रतियोगितामा उनले बेस्ट ब्राइडल र बेस्ट नेल आर्टको उपाधि पनि हात पारेकी छन् ।
ब्युटिसियन पेशामा रहेकाको सौदर्य र प्रतिभा निखार्ने उदेश्यले बिगत ७ बर्षदेखि नियमित आयोजना हँुदै आएको प्रतियोगितामा तविता राईले फस्ट रनरअप र मोस्ट कन्फिडेन्टको उपाधि हात पर्दा भूमिका शाह सेकेन्ड रनर अप एवं बेस्ट ट्यालेन्ट बनिन् ।

दुई दर्जनबाट छानिएका उत्कृष्ट १० प्रतियोगी बीच अन्तिम स्पर्धा भएको थियो । व्यक्तित्व विकास, स्टेजकोप्रस्तुति, क्याटवाक, बोलीचाली अभ्यास, फोटोसुट, भिडियो सुट तथा विविध प्रशिक्षण सहित प्रतियोगी फाइनल स्पर्धामा उत्रिएका थिए । 

बिभिन्न आधा दर्जन उप शिर्षकमा विजेता समेत छानिएको प्रतियोगीताको कोरियोग्राफी फेसन कोरियोग्राफर एवं कार्यक्रम निर्देशक हिमानी सुब्बाले गरेकी थिइन् । अभिनेत्री सञ्चिता लुइटेल, नृत्य निर्देशक गोविन्द राई, कस्मेटोलोजिस्ट एवं सौन्दर्यकर्मी डा. रेखा थापा, मिसेस नेपाल आइडल २०१९ शोभिता राई एवं ब्युटिसियन नेपाल २०१९ हेमा पुन मगर प्रतियोगिताको निर्णायकमा रहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप