कायर्कर्तालाई माधव नेपालको निर्देशन : अब निर्वाचनमा केन्द्रीत रहनुस्
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको चुनावमा ध्यान दिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्ने बताउँदै सम्पूर्ण सीटहरू जित्ने गरि आगाडि बढ्न नेता र कार्यकर्तालाई निर्देशन दिए ।
राष्ट्रियसभाको चुनावपछि स्थानीय चुनाव हुने बताउँदै उनले प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए । अखिल किसान महासंघको समन्वयमा उद्धार स्वयंसेवक आवद्ध समाजिक संस्था नेपालले आयोजना गरेको उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा बोल्दै नेपालले देशमा कृषिको प्रचुर सम्भावना भएपनि आत्मनिर्भर हुन नसकेको बताए । उनले भने, ‘देशमा कृषिको प्रचुर सम्भावना भएपनि आत्मनिर्भर हुन सकेको छैन । देशका युवाहरूले केही गर्न चाहेका छन्, मेहनती छन्, त्यसलाई कृषिमा लगाएर देशलाई समृद्ध गर्नुपर्छ ।’
विश्वमा वैज्ञानिक क्रान्ति भइरहेको बताउँदै उनले त्यसलाई कृषिमा जोड्नुपर्ने धारणा राखे । उनले भने, ‘कृषिमा पनि नयाँ–नयाँ प्रविधि आइसकेको छ, कृषि कार्यक्रम सरल भएको छ, ती प्रविधिलाई धेरै भन्दा धेरै प्रयोग गर्नुपर्छ ।’
जनता नै राजनीतिको केन्द्रबिन्दु रहेको धारणा राख्दै उनले हरेक मानिसले क्षमता अनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘पैसा कमाउन विदेश जानुपर्ने अवस्था छैन । नेपालमै कृषिको प्रचुर सम्भावना छ ।’
कार्यक्रममा कृषि क्षेत्रमा उत्कृष्ट काम गरेका ३८ जना किसानलाई सम्मान गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि श्रममन्त्री कृष्णकुमार श्रेष्ठ थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण