मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

जोरबिजोर प्रणाली लगाएपछि कैलालीका अटोरिक्सा चालक आन्दोलित

आइतबार, ०४ पुस २०७८, १२ : ३६
आइतबार, ०४ पुस २०७८

कैलालीमा अटोरिक्सा चालकहरु आन्दोलित भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जोरबिजोर प्रणाली लगाएको विरोधमा अटोरिक्सा चालक आन्दोलित भएका हुन् ।

रिक्सा चालकहरुले जोरबिजोर प्रणाली खारेजीको माग राख्दै आइतबार धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । ठेला व्यवसायी तथा श्रमिक संघका जिल्ला अध्यक्ष लालबहादुर कामीले जोरबिजोर प्रणालीका कारण मजदुर मर्कामा पर्ने बताए ।

रिक्सा चालकलाई लाईसेन्स सिस्टमको व्यवस्था गरी व्यवस्थित रुपमा संचालन गर्नुको साटो जोरबिजोर लगाएर मजदुरको पेटमाथि लात हानिएको उनको भनाइ छ । यो व्यवस्था खारेज नहुँदासम्म अनिश्चितकालीन आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पुस १ गतेदेखि अटोरिक्साका लागि जोरबिजोर प्रणाली लागू गरेको हो । नगर क्षेत्रमा भिडभाड बढेको र दुर्घटनाको जोखिम भएको भन्दै उपमहानगरले जोरबिजोर प्रणाली लागू गरेको भए पनि मजदुरहरुले आफूलाई मर्कापर्ने भन्दै विरोध जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप