जोरबिजोर प्रणाली लगाएपछि कैलालीका अटोरिक्सा चालक आन्दोलित
कैलालीमा अटोरिक्सा चालकहरु आन्दोलित भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जोरबिजोर प्रणाली लगाएको विरोधमा अटोरिक्सा चालक आन्दोलित भएका हुन् ।
रिक्सा चालकहरुले जोरबिजोर प्रणाली खारेजीको माग राख्दै आइतबार धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । ठेला व्यवसायी तथा श्रमिक संघका जिल्ला अध्यक्ष लालबहादुर कामीले जोरबिजोर प्रणालीका कारण मजदुर मर्कामा पर्ने बताए ।
रिक्सा चालकलाई लाईसेन्स सिस्टमको व्यवस्था गरी व्यवस्थित रुपमा संचालन गर्नुको साटो जोरबिजोर लगाएर मजदुरको पेटमाथि लात हानिएको उनको भनाइ छ । यो व्यवस्था खारेज नहुँदासम्म अनिश्चितकालीन आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पुस १ गतेदेखि अटोरिक्साका लागि जोरबिजोर प्रणाली लागू गरेको हो । नगर क्षेत्रमा भिडभाड बढेको र दुर्घटनाको जोखिम भएको भन्दै उपमहानगरले जोरबिजोर प्रणाली लागू गरेको भए पनि मजदुरहरुले आफूलाई मर्कापर्ने भन्दै विरोध जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण