बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा २५ वर्षीय युवकको विभत्स हत्या

आइतबार, ०४ पुस २०७८, १३ : १४
आइतबार, ०४ पुस २०७८

कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्या गरिएको छ । टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक बनमा शनिबार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले रातोपाटीलाई बताए ।

हत्यापछि कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको छ । शव बाँधेको ठाउँ नजिकै टाउको फेला परेको छ । अर्जुन दास गाउँमै मजदुरी गर्थे । बुवा–आमा भारतमा बस्छन् ।  उनी पत्नी र दुईवटा बच्चासँगै कैलालीमा बस्दै आएका थिए ।

हत्यामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको डिएसपी जोशीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप