बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श बैठक सुरु

मङ्गलबार, ०६ पुस २०७८, १२ : २७
मङ्गलबार, ०६ पुस २०७८

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नुपूर्व बैठकको कार्यसूची तय गर्नका लागि बैठक बोलाइएको हो । बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ । 

यसअघि मंसिर २८ गते बसेको प्रतिनिधिसभाको बैठक एमालेले अवरोध गरेको थियो । आफ्नो दलले गरेको १४ सांसदमाथिको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै रुष्ट बनेको एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप