माओवादी राष्ट्रिय सम्मेलन : सुदूरपश्चिम प्रदेशबाट १०२ जना प्रतिनिधि छनोट
बुधबार, ०७ पुस २०७८, १३ : ०४

नेकपा माओवादी केन्द्रको राष्टिय सम्मेलनका लागि सुदूरपश्चिम प्रदेशबाट १०२ जना प्रतिनिधि छनोटमा परेका छन् । यही पुष ११ गतेदेखि १३ गतेसम्म माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ । बुधबारसम्म सो पार्टीका १०२ जना प्रतिनिधिको नाम टुंगिएको सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान अध्यक्ष शरदसिंह भण्डारीले रातोपाटीलाई जानकारी दिए ।
अहिलेसम्म प्रदेश सम्मेलनबाट निर्वाचित ८४, राष्ट्रिय सम्मेलन आयोजक कमिटीका केन्द्रीय सदस्य १३ र केन्द्रीय प्रतिनिधि ५ जना छनौट गरिएको भण्डारीले बताए । पार्टीका केन्द्रीय सल्लाहकार, केन्द्रीय कम्युनिष्ट मञ्च, केन्द्रीय आयोग, केन्द्रीय बिभागहरुबाट प्रतिनिधि छनौट गर्न बाँकी रहेको र बिहीबारसम्म ती सबैको टुंगो लाग्ने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आदि शंकराचार्य : जीवन, दर्शन तथा योगदान
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
रवि लामिछानेविरुद्धको मुद्दा सरकारी वकिलको अध्ययनमै
-
३.४४ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम ९ अर्ब २४ करोड
-
१२ को प्रश्नपत्र बाहिरिएको होइन, भ्रामक सूचनाको पछि नलाग्नू : राष्ट्रिय परीक्षा बोर्ड
-
विद्यार्थीसँग परीक्षा फारमको रकम उठाउने अनेरास्ववियुका नेताविरुद्ध प्रहरीमा उजुरी