फ्राइडे रिलिज ः देशभर ‘चुरीफुरी’
शुक्रबार रिलिजको परम्परा धान्दै आजदेखि देशभरका हलमा फिल्म ‘चुरीफुरी’ रिलिज भएको छ । ऋषिराज आचार्यद्वारा निर्देशित हास्य प्रधान फिल्मले युवा पुस्ताको कथा समेटेको छ ।
रविन्द्र झा, सुबोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, रश्मि आचार्य, जोया ढकाल, तुलसी प्रसाद श्रेष्ठ, मनिल तामाङ, ऋतु आचार्य लगायतको अभिनय फिल्म देख्न सकिन्छ ।
दीपक शर्माको संगीत, राहुल राईको छायांकन र नविन निरौलाको सम्पादन फिल्ममा छ । विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह–निर्माता रहेको फिल्मको ऋषिराज आचार्य र रीना ढकाल भण्डारी निर्माता हुन् । निर्देशक आचार्यकै कथा रहेको फिल्म दर्शकले रुचाउने अपेक्षा निर्माण युनिटले गरेको छ ।
फिल्मले मल्टिप्लेक्समा भने थोरै शो पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण