प्रदेश २ को नामकरण : नेकपा एकीकृत समाजवादीको प्रस्तावमा एमालेको समर्थन
प्रदेश २ को नामकरणका सम्बन्धमा नेकपा एकीकृत समाजवादी पार्टीले गरेको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ । सुरुमा नेकपा एमालेले प्रदेशको नाम ‘जनक प्रदेश’ राख्न प्रस्ताव दर्ता गराएको थियो । तर नेकपा एकीकृत समाजवादीले ‘जानकी प्रदेश’ राख्न प्रस्ताव गरेपछि एमाले पनि जानकी प्रदेशकै पक्षमा उभिएको हो ।
शुक्रवार बसेको प्रदेशसभाको आठौँ अधिवेशनको दोश्रो बैठकमा नेकपा एमालेकी सांसद शारदा देवी थापाले जानकी प्रदेशमै आफूहरुको समर्थन रहेको जनाइन् ।
एमाले विभाजन अघि नै प्रमोद कुमार यादवले ‘जानकी प्रदेश’ र शारदा देवी थापाले ‘जनक प्रदेश’ नाम दर्ता गराएका थिए । प्रदेशसभा सदस्य शारदा देवी थापाले एमालेले पनि जानकी प्रदेशमै समर्थन जनाउने बताइन् ।
उनले यस प्रदेशका लागि ‘जानकी’ भन्दा उपयुक्त अन्य कुनै नाम नहुने दाबीसमेत गरिन् । जनककै नाममा जनकपुर नाम पर्न गएकाले जनकनन्दिनी जानकीको नाममा प्रदेशको नाम हुँदा आफूहरुलाई आपत्ति नहुने बताइन् ।
उनले मुख्यमन्त्री लालबाबु राउतले समेत प्रदेशमा छोरीहरुका लागि विभिन्न अभियान सञ्चालन गरेको र छोरीको अधिकारका कुरा गर्ने गरेकाले पनि लैंगिक हिसाबले समेत जानकी नाम सबैभन्दा बढी उचित हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण