‘फेसियल हाउस’ मा किन पुगे सेलिब्रेटी ?
पछिल्लो समय धेरै कार्यक्रममा सेलिब्रेटीको उपस्थिति देख्न सकिन्छ । सेलिब्रेटी सहभागी भएको कार्यक्रम मिडियामा समाचार बन्ने भएकोले पनि कार्यक्रम आयोजकको रोजाइमा सेलिब्रेटी पर्न थालेका हुन् ।
सोही सिलसिलालामा शनिबार ‘फेसियल हाउस’ को १४ औं बार्षिक उत्सवमा पनि सेलिब्रेटीको लर्काे रहेको थियो । काठमाडौं मलकोे चौंथो तल्लामा अवस्थित ‘फेसियल हाउस’ कै कार्यकक्षमा आयोजित वार्षिकोत्सव अभिनेत्री पुजा शर्मा, निर्देशक शोभित बस्नेत, अभिनेता दीकपाल कार्की र यशराज गराच समेत पुगेका थिए । शो अवसरमा उनीहरुले केक काट्दै फेसियल हाउसलाई शुभकामना दिए ।
उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाको समेत उपस्थिति रहेको कार्यक्रममा अभिनेत्री शर्माले सेलिब्रेटीका लागि फेसियल हाउसको सर्भिस महत्वपूर्ण रहेको बताइन् । उनले आफु अभिनेत्री बन्नु अगाडि देखिनै यसको सेवा लिएको जानकारी दिइन् ।
व्यवसायी राणाले ‘फेसियल हाउस’ ले आफ्नो मन जितेको बताइन् । फेसियल हाउसकी सञ्चालिका सुष्मा महराले विगत १४ वर्षदेखि आम मानिसको विश्वास जित्दै अगाडि बढ्न सहज नभएपनि आफूहरुले चुनौती सामना गर्दै काम गरेको बताइन् । उनका अनुसार, काठमाडौैंभित्र ३ वटा र मोफसलमा २ वटा शाखा सञ्चालनमा छन् ।
कार्यक्रममा फेसियल हाउसमा काम गरिरहेका कर्मचारीहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएकोे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण