‘मिसेस नेपाल वर्ल्ड’ का प्रतियोगीले देखाए ट्यालेन्ट
‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’ का २४ प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । राजधानीमा आयोजित ट्यालेन्ट राउन्ड अन्तर्गत उनीहरुले आफ्नो विभिन्न प्रतिभा प्रदर्शन गरेका हुन् । कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, मेकअप, स्ट्याण्डअप कमेडी, भाषण कला, मुक्तक, नाटक लगायतका आफुमा भएका प्रतिभा प्रदर्शन गरे ।
ट्यालेन्ट शोमा प्रतियोगीले प्रदर्शन गरेको प्रतिभाका आधारमा सिमेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाकै दिन हुने प्रतियोगिताको निर्देशक निशुकान्त झाले जानकारी दिए । ट्यालेन्ट शोमा प्राध्यापक तथा गीतकार सुदन डोटेल, अभिनेता शीतल केसी, संगीतकार सरोज प्याकुरेल, कोरियोग्राफर जोगेन्द्र केसी, मोडल तथा नायिका रन्जिता गुरुङ र गायिका रीता केसी निर्णायक रहेका थिए ।
प्रतियोगिता १७ पुसमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ । प्रतियोगिताको अन्तिम स्पर्धामा सामेल सुन्दरीहरुलाई विभिन्न विषयका विज्ञहरुले तालिम र कक्षा लिइरहेका छन् । अश्विनीकान्त झाको कोरियोग्राफी रहने प्रतियोगिता रिबन इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो ।
यस वर्षदेखि मिसेस नेपाल वल्र्डको आधिकारिक फ्रेन्चाईजी प्राप्त गरेसँगै मिसेस नेपाल वर्ल्डसँगै सोहि स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिनेछ । मिसेस नेपाल वल्र्डको विजेताले आगामी २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस् वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । कि एडभरटाईजीङ्गद्वारा मार्केटिङ सहकार्यमा हुने प्रतियोगिता चन्दा थापा गिरीको सह कोरियोग्राफी, आकाश गिरी र गंगा महर्जनको संयोजनमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गसहितका सडक मर्मतका लागि टेन्डर आह्वान
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण