बीपी राजमार्गसहितका सडक मर्मतका लागि टेन्डर आह्वान
सारांश
- सडक डिभिजन खल्टे (खुर्कोट) ले बीपी राजमार्गका विभिन्न खण्ड र रामेछाप जिल्लाका मुख्य सडकहरूको मर्मतसम्भार तथा स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको छ।
- बीपी राजमार्गका दुई खण्ड (बर्दिबास–सिन्धुली र खुर्कोट–बर्खे खोला) र रामेछापका दुई सडक खण्ड (खुर्कोट–मन्थली–खिम्ती–मिल्ती खोला र खहरे–धौले–पेकरनास) गरी कुल ४ शीर्षकमा ठेक्का आह्वान गरिएको छ।
- बीपी राजमार्गको बर्दिबास–सिन्धुली खण्डको मर्मतका लागि अनुमानित लागत १ करोड १४ लाख १८ हजार रुपैयाँभन्दा बढी तोकिएको छ।
काठमाडौँ। सडक डिभिजन खल्टे (खुर्कोट) ले बीपी राजमार्गका विभिन्न खण्ड तथा रामेछाप जिल्लाभित्रका मुख्य सडकहरूको नियमित मर्मत सम्भार र स्तरोन्नतिका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ।
सडक डिभिजनले साेमबार एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त तथा योग्य निर्माण व्यवसायीहरूबाट आवेदन मागेको छ।
डिभिजनका अनुसार बीपी राजमार्गका दुई खण्ड, खुर्कोट–मन्थली–रामेछाप खण्ड र रामेछापको खहरे–धौले–पेकरनास सडक गरी कुल ४ वटा शीर्षकमा ठेक्का आह्वान गरिएको छ।
बीपी राजमार्ग (बर्दिबास–सिन्धुली खण्ड र खुर्कोट–बर्खे खोला खण्ड), यस्तै रामेछापको खुर्कोट–मन्थली–खिम्ती–मिल्ती खोला र खहरे–धौले–पेकरनास सडक मर्मतका लागि ठेक्का आह्वान गरेको हो।
बीपी राजमार्गको बर्दिबासदेखि सिन्धुलीसम्मको खण्डमा नियमित मर्मत सम्भार कार्यका लागि १ करोड १४ लाख १८ हजार ८०७ रुपैयाँ ८४ पैसा (भ्याटसहित) अनुमानित लागत तोकिएको छ। यस ठेक्का का लागि धरौटी रकम २ लाख ५५ हजार रुपैयाँ कायम गरिएको छ।
राजमार्गकै खुर्कोटदेखि बर्खे खोलासम्मको खण्ड मर्मतका लागि ६५ लाख १० हजार ४०६ रुपैयाँ ६५ पैसा लागत अनुमान गरिएको छ । यस ठेक्काका लागि धरौटी रकम १ लाख ४६ हजार रुपैयाँ तोकिएको छ।
यस्तै खुर्कोट–मन्थली–खिम्ती हुँदै मिल्ती खोला र मन्थली–रामेछाप सडक खण्डको नियमित मर्मतका लागि २८ लाख ५६ हजार ५८७ रुपैयाँ ६ पैसाको लागत अनुमान गरिएको छ । यसमा ६४ हजार रुपैयाँ धरौटी रकम राखिएको छ।
रामेछापको खहरे–धौले–पेकरनास सडक खण्डमा नाला (ड्रेन), आवश्यक संरचना, ह्युमपाइप कल्भर्ट निर्माण तथा सडक कटान गरी ग्राभेल स्तरसम्म स्तरोन्नति गरिने भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'कांग्रेसले धोखा दिएपछि वाम सहकार्य भयो, हामी जस्तोसुकै अग्निपरीक्षा दिन तयार छौँ'
-
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, ५ एजेन्डा तय
-
१०४ दिनदेखि ठप्प छ सार्वजनिक पुस्तकालय, अर्थमन्त्री वाग्लेका किताब धमिराले खाँदैछन्
-
राजस्व सङ्कलन ‘मिसन मोड’ मा लैजान अर्थमन्त्रीको निर्देशन
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण