सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’ हुने

आइतबार, ११ पुस २०७८, १७ : १३
आइतबार, ११ पुस २०७८

फेसन पारखीहरुको चाहनालाई ध्यानमा राखेर एएसएपी इन्टरटेन्मेन्टले पोखरमा ‘नेपाल फेशननिस्टा २०२२’ गर्ने भएको छ । १ माघ अर्थात् (जनवरी १५) मा आयोजना हुने फेशननिस्टामा चर्चित मोडलहरु र्याम्पमा प्रस्तुत हुनेछन् ।
फेसनका आकर्षक डिजाइन र्याम्पमा प्रस्तुत हुने फेशननिस्टामा अभिनेत्री नीता ढुंगाना, मोडेल तथा नृत्याङगना एन्जल श्रेष्ठ, सन्तोष अधिकारी, दीपक घिमिरे , दिक्पाल कार्कीलगायत समेत र्याम्पमा प्रस्तुत हुनेछन् ।

विभिन्न समुदायका पहिरनलाई कलाका माध्यम प्रचारप्रसार गर्ने उद्देश्य स्वरुप एएसएपीले हरेक वर्ष फेशन ‘द हेरिटेज’ नामक फेसन शो समेत आयोजना गर्दै आएको छ । फेशननिस्टामा सुपी रसाइली, तेजमाया पुन, सम्झना गुरुङले डिजाइन गरेका ड्रेसअप प्रस्तुत हुने शोको कोरियोग्राफीमा दिक्पाल कार्कीको रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप