दिवाकरको निर्देशनमा ‘हनी बनी’ बन्ने
दिवाकर भट्टराईको निर्देशनमा फिल्म ‘हनी बनी’ निर्माण हुने भएको छ । क्रिसमसको अवसर पारेर निर्माण घोषणा भएको फिल्म एबी इन्टरनेशलले निर्माण गर्न लागेको हो । एबी इन्टरनेशलले यस अगाडि ‘पासवर्ड’, ‘सम्हालिन्छ कहिले मन’ लगायत निर्माण गरेको थियो ।
दिवाकारले भने यस अगाडि ‘क्याप्टेन, ऐश्वर्य’ लगायतका फिल्म निर्देशन गरेका छन् । सम्पूर्ण छायाङ्कन यूकेमा हुने फिल्मका लागि कलाकारको छनोट भइसकेको छैन । अडिसनबाट कलाकार छान्ने तयारीमा निर्माण टिम छ ।
एबी इन्टरनेशलसँग फिल्म निर्माणका लागि गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गर्नेछ । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अङ्कित गौतम रहेनछन् ।
लभस्टोरी जनरामा निर्माण हुने फिल्मको लागत ७ करोड बताइएको छ । नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा पुर्याउन उद्देश्यले यो फिल्ममा धेरै लगानी गर्न लागेको निर्माता अमित बस्नेतले बताए ।
निर्देशक दिवाकरले फिल्म अलि अगाडि गर्ने तयारी गरिएको भए पनि कोरोनाको कारण ढिलाइ भएको बताए । दिवाकारले यस अगाडि आफैले निर्माण गर्ने फिल्म ‘तिमीसँगै हुने मन छ’ पनि घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण