‘हर्के हवल्दार’ का कलाकार सागर सडक दुर्घटनामा घाइते
सोमबार, १२ पुस २०७८, ११ : ०४
हास्यसिरियल ‘हर्के हवल्दार’ का कलाकार सागर गिरी सडक दुर्घटनामा परेका छन् । आइतबार ‘हर्के हवल्दार’ सुटिङका लागि भक्तपुरबाट काठमाडौँ धर्मस्थली आउँदै गर्दा उनी मोटरसाइकल दुर्घटनामा परेको हास्य कलाकार महादेव त्रिपाठीले जानकारी दिए ।
दुर्घटनालगतै गिरीलाई ठिमीको कोरियन अस्पतालमा भर्ना गरिएको छ । त्रिपाठीका अनुसार गिरीको दाईने खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको छ । खुट्टामा स्टिल राख्नुपर्ने भएकोले सोमबार अपरेसन हुने भएको छ ।
सिरियलमा अभिनयको अलवा प्रोडक्सन म्यानेजरको काम समेत गर्दै आएका गिरीले थुप्रै सिरियल तथा केही फिल्ममा समेत अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण