‘कठपुतली’ को नयाँ ट्रेलरमा भरपुर हरर दृश्य
शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘कठपुतली’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले नयाँ ट्रेलर सार्वजनिक गरेको छ । फिल्मको नयाँ ट्रेलरमा हरर दृश्यहरु धेरै समेटिएका छन् ।
अभिनेता कर्माको वरिपरि मूल कथा घुमेको फिल्म विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिको बिषय देखाउन खोजेको छ । २ मिनेट ९ सेकेन्डको ट्रेलरमा कर्माको अभिनयले ध्यान खिच्छ । ट्रेलरमा ब्याकग्राउन्ड स्कोर स्तरीय छ ।
भीमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । पृथ्वी रानामगरको निर्माण, सम्पदा मल्लको लेखन रहेको फिल्म अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायाङ्कन गरेका हुन् । फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गसहितका सडक मर्मतका लागि टेन्डर आह्वान
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण