प्रचण्डलाई प्रश्न : भारतीय विस्तारवादको भूमिकाबारे किन मौन ?’
नेकपा माओवादीका महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक वैचारिक दस्तावेज भारतीय विस्तारवादबारे मौन रहेको भन्दै यसको कारण के हो ? भनेर प्रश्न गरेका छन् । बिहीबार समूहगत छलफल पछि सुझाव पेश गर्दै नेता सुदर्शन बरालले अध्यक्षको दस्तावेजको मुल स्प्रिटप्रति पूर्ण सहमत रहेको जनाउँदै प्रतिनिधिहरुले उठाएका प्रश्नहरु सुझावका रुपमा पेश गरेका थिए ।
‘भारतीय विस्तारवादको भूमिकाबारे दस्तावेज मौन छ, यसको कारण केही छ ?’, बरालले भने । रिम कम्पोसा जस्ता संस्थाहरूबारे स्पस्ट धारणा र एडीबी लगायतका संस्थाका बारेमा हेर्ने दृष्टिकोण प्रस्ट हुनुपर्ने लगायतका सुझाव आएको पनि बरालले बताए ।
त्यस्तै कृषि, शिक्षा, पर्यटन, औधोगिक नीति लगायतका विषयमा प्रतिवेदनमा एकीकृत धारणा बनाउनुपर्ने सुझाव रहेको पनि बताए । माओका पालामा अमेरिकासँग गरिएको सन्धि जसबाट चीन युएनको सदस्य भएको र त्यसपछि अहिले चीनले सोभियत संघमा खेलिरहेको भूमिका र चीनसँगको नेपाल र माओवादी केन्द्रको सम्बन्धका बारेमा व्याख्या आवश्यक रहेको सुझाव पनि बरालको छ । स्टालिनमाथि भएको आलोचना पार्टीले कुन हदमा गर्ने भन्ने प्रश्न पनि उठेको उनले जनाए ।
नेपाली समाजको वर्ग विश्लेषण गर्दा आदिवासी जनजाति, थारुहरुप्रति स्पस्ट हुनुपर्ने, पार्टीका कार्यक्रमहरुको प्रभावकारिताको मूल्याङ्कन गर्नुपर्ने, पार्टीकै नेताहरु १० धनाढ्य भएको भन्ने प्रश्न उठेको र त्यसबारे समेत प्रस्ट पार्नुपर्ने प्रश्न उठेको बरालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण