अभिनेत्री अदीति बुढाथोकीलाई कोरोना संक्रमण
बिहीबार, १५ पुस २०७८, १८ : ४०
अभिनेत्री अदीति बुढाथोकी कोरोना संक्रमित भएकी छन् । हाल मुम्बई रहेकी बुढाथोकीले आफ्नो इन्स्टाग्राम मार्फत कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।
‘सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा मेरो रिपोर्ट पोजेटिभ आएको छ’ उनले अगाडि लेखेकी छन् ‘मैले आफूलाई आफैंदेखि अलग राखेको छु ।’ केही दिनदेखि आफ्नो सम्पर्कमा आएकालाई समेत परीक्षण गराउन उनले अनुरोध गरेकी छन् ।
फिल्म ‘बाबरी’ को सिक्किम छायांकन सकाएर उनी केही अगाडि मुम्बई पुगेकी थिइन् । विगत लामो समयदेखि मुम्बई बसेर मोडलिङ समेत अगाडि बढाइरहेकी बुढाथोकीले अनमोल केसी अभिनित फिल्म ‘कृ’ बाट नेपाली फिल्म डेब्यु गरेकी हुन् ।
हिन्दीसँगै पञ्जाबी गीतमा समेत अभिनय गरेकी उनको ‘बाबरी’ दोस्रो फिल्म हो । फिल्ममा धिरज मगर र धिरज टोटलानीसँगको रोमान्समा उनी देखिँदैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण