सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
सारांश
- सर्वोच्च अदालतले प्रधान न्यायाधीशसहित सबै न्यायाधीश संलग्न इजलासबाट हुने मुद्दाको आदेश सोही दिन पेसी सूचीमै हेर्न सक्ने व्यवस्था मिलाएको छ।
- विगतमा मुद्दाको स्थितिबारे मात्रै जानकारी दिने सर्वोच्चले सोमबारदेखि आदेशको फाइल सबैले हेर्न सक्ने व्यवस्था मिलाएको हो।
- नयाँ व्यवस्थाअनुसार इजलासबाट हुने फैसला वा अन्तिमबाहेकका आदेशहरू एकै दिन अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरिनेछ।
काठमाडौँ । सर्वोच्च अदालतले प्रधान न्यायाधीशसहित सर्वोच्चका सबै न्यायाधीश संलग्न इजलासबाट हुने मुद्दाको आदेश सोही दिन पेसी सूचीमै गएर हेर्न सक्ने व्यवस्था मिलाएको छ।
विगतमा सर्वोच्च अदालतले मुद्दाको स्थितिबारे मात्रै जानकारी दिने गरेकोमा सोमबारदेखि आदेशको फाइल सबैले हेर्न सक्ने व्यवस्था मिलाएको छ।
प्रधान न्यायाधीशसहित सर्वोच्चका सबै न्यायाधीश संलग्न इजलासबाट हुने आदेशहरू सोही दिन यो प्रणाली विद्युतीय प्रणालीमा प्रविष्ट (अपलोड) गर्ने व्यवस्था गरिएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
नयाँ व्यवस्थाअनुसार इजलासबाट हुने फैसला वा अन्तिमबाहेकका आदेशहरू एकै दिन अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरिनेछ। न्यायिक सेवा प्रवाहमा न्यायका उपभोक्ताको सहज पहुँचका लागि सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्थाको सुरुवात गरेको छ।
उक्त व्यवस्थाका कारण मुद्दाका पक्ष, कानुन व्यवसायी तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको आश्वासन : बजेटमै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ, अर्थबाट तलबमान स्वीकृत भएको छैन
-
असारको विद्युत् महसुलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने
-
बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
-
डा.केसी–सरकारबिच सहमति : निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण