सरिता साहद्वारा निर्देशित ढकियामे नागरिकता प्रदर्शनको तयारीमा
‘लु’, ‘काशीदेवी झा जस्ता नाटक खेलिसकेकी सरिता साहको निर्देशनमा अर्को नाटक ‘ढकियामे नागरिकता’ अर्थात टोकरीमा नागरिकता प्रदर्शनको हुने भएको छ । सरिता साहको लेखन तथा निर्देशनमा ढकियामे नागरिकता नाटक माघ १ गतेदेखि १० गतेसम्म शिल्पी थिएटर बत्तीसपुतलीमा प्रदर्शन हुने भएको हो । मधेशी समाजले नागरिकताका कारण झेलेको समस्यालाई नजिकबाट अनुभव गरेकी साहले त्यसलाई विषयवस्तु बनाएकी छन् ।
‘मधेसमा टोकरीमा नागरिकता बिक्री हुन्छ रे, त्यहाँ भारतीयहरुलाई नागरिकता दिइन्छ रे भनि टिप्पणीहरू हुने गरेका छन् तर मधेसमै धेरैजना नागरिकता बिहिन छन् किन ? त्यहीँबाट मलाई यो नाटकको कन्सेप्ट आयो’ निर्देशक साहले भनिन् ।
‘मधेसी जनताले नागरिकता नभएका कारण जग्गाको लालपुर्जा पाएका छैनन् जागिर खान पाएका छैनन, विदेश जान पाएका छैनन, बैंकमा खाता खोल्न पाएका छैनन्, बलात्कृत महिलाले दोषीमाथि मुद्दा लगाउन पाएका छैनन्, नागरिकता नहुनेहरुको यी र यस्ता थुप्रै समस्याहरु छन् ती समस्याहरुलाई यो नाटकको माध्यमबाट देखाउन प्रयास हुनेछ’ उनले स्पष्ट पारिन् ।
नाटक १ घण्टा २० मिनेटको छ । जसमा मधेशी समाजले नागरिकताका कारण झेलिरहेको समस्यालाई देखाउने प्रयास गरिनेछ । नाटकमा कलाकार सरिता साह, अनिल कुर्मी, सुजिता साह, राज शर्मा पङ्गेनी, आदित्य मिश्रा, हाङ ओ राई, रमिता यादव, सञ्जय मुडियारी, सुदिपजंग कार्की, सुदीप पटेल, सुस्मिता पोख्रेल, आकाश झा, प्रिन्सेज साहलगायतका कलाकारले अभिनय गर्नेछन् । नाटकको रिहर्सल सकिएको र प्रदर्शनको तयारी भइरहेको निर्देशिका साहले बताइन् ।
महोत्तरीकी सरिताले नेपाली फिल्म लुटेर २, चक्कर, अनागत, समान लगायतमा काम गरेकी छिन् भने भने हिन्दी फिल्म बेलाबोस, डिजायर अफ अडलमा पनि अभिनय गरेकी छिन् । त्यस्तै, चुलबुल के बुलबुल, मेन्टल आशिक जस्ता भोजपुरी भाषाको फिल्ममा अभिनय गरेकी उनी दुई दर्जनभन्दा बढी स्टेज नाटक र पाँचसय भन्दा बढी सडक नाटकमा अभिनय गरेकी छन् ।
हालै मात्रै टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय समूह आइवार्टको नेपाल च्याप्टरको तेस्रो संस्करणमा उनले निर्देशन गरेको लघु फिल्म ‘फगुनिया’ प्रथम भएको छ । त्यसमा उनले २५ हजार रुपियाँ पुरस्कार प्राप्त गरेकी छन् ।
साहको निर्देशनमा बनेको फिल्म ‘फगुनिया’ मा मधेशी समाजमा एक बालिकाको बलात्कारपछिको घटनालाई देखाइएको छ । निर्देशक सरितासँगै फिल्ममा जानवी गुप्ता, मदन ठाकुर, प्रदीप सिंह, धिरज ठाकुर र सुजिता साहको अभिनय रहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण