शम्भुजीतलाई जीवन्त योगदान संगीत सम्मान गरिँदै
विगत साढे चार दशकदेखि नेपाली संगीत वृत्तमा सक्रिय वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बाँसकोटा जीवन योगदान संगीत सम्मान २०७८ बाट सम्मानित हुने भएका छन् । उनलाई अग्लेश्वरी हिल्स विकास कोषले सोमबार काठमाडौँको सोल्टी होटलमा आयोजना गरेको जीवन नेपाल म्युजिक अवार्ड समारोहमा सो सम्मानबाट सम्मानित गरिने भएको हो ।
सोही कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तान, गीतकार श्रवण मुकारुङ र गायिका कुन्ती मोक्तान विशिष्ट योगदान संगीत सम्मानबाट सम्मानित हुने भएका छन् । यस्तै पत्रकारका तर्फबाट अग्रज पत्रकार विदुर गिरी र मनोहरि थापा पनि कार्यक्रममा सम्मानित हुने भएका छन् । सांगीतिक क्षेत्रबाट आनी छोइङ डोल्मा, मिलन मोक्तान, डा. डिआर उपाध्याय, धनकुमारी थापा (सरु), विशेष सेवा तर्फबाट नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र लेखकबाट शंकर तिवारी पनि वरिष्ठ सम्मानबाट सम्मानित हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण