दीक्षा बनिन् मिसेस् नेपाल वर्ल्ड
काठमाडौँ । ‘मिसेस् नेपाल वर्ल्ड २०२१’ को उपाधि बाफल, काठमाडौँकी दीक्षा केसीले जितेकी छन् । शनिवार आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा शीर्ष उपाधि चुमेकी उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस् वर्ल्ड’ जाने अवसर समेत प्राप्त गरिन् ।
विवाहित महिलाहरूबीच आयोजित प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस् नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इन्टरनेसनल’ घोषित भए । दुवै सिङ्गापुरमा आयोजना हुने क्रमशः मिसेस् इन्टरनेसनल र एमएस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उषा प्रतियोगितामा मस्ट ट्यालेन्टेड तथा मस्ट बोल्डको उपाधि पनि हात पारिन् ।
रिबन इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा सुनिता लामा फस्ट रनरअप, राजश्री थापा सेकेण्ड रनरअप र मनीता प्याकुरेल थर्ड रनरअप भए । प्रतियोगितामा माधुरी कर्णले बेस्ट स्माइल, भ्यूअर्स च्वाइस र प्रदेश २ उद्योग तथा पर्यटन मन्त्रलाय मिसेस् टुरिजम एम्बेस्डरको अवार्ड जितिन् भने लक्ष्मी जोशीले पब्लिक च्वाइस अवार्ड हात पारेकी छन् ।
अभिनेत्री गौरी मल्ल मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको कार्यक्रमको अश्विनीकान्त झा कोरियोग्राफर रहेका थिए । अनुराधा कोइराला, राजेश हमाल, प्रशान्त ताम्राकार, अश्रेता कार्की चौधरी, राजकुमार क्षत्री तथा अखिल चापागाईं प्रतियोगिताको निर्णायक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण