माओवादीको पदाधिकारी छनोट गर्न स्थायी कमिटी बैठक बस्दै
आइतबार, १८ पुस २०७८, ११ : ३१
नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी छनोटबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बैठक कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तयारी भइरहेको छ । सो पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।
यो बीचमा नेताहरुबीच विभिन्न औपचारिक अनौपचारिक छलफल भएका छन् । स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलका अनुसार पहिला केन्द्रीय कमिटी घोषणा गरेर पदाधिकारी समेत घोषणा गर्दा राम्रो हुने सुझाव आएकाले नेतृत्वले त्यसै अनुसारको तयारी गरिरहेको छ । माओवादी विधानमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण