माओवादीको पदाधिकारी छनोट गर्न स्थायी कमिटी बैठक बस्दै
आइतबार, १८ पुस २०७८, ११ : ३१
नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी छनोटबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बैठक कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तयारी भइरहेको छ । सो पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।
यो बीचमा नेताहरुबीच विभिन्न औपचारिक अनौपचारिक छलफल भएका छन् । स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलका अनुसार पहिला केन्द्रीय कमिटी घोषणा गरेर पदाधिकारी समेत घोषणा गर्दा राम्रो हुने सुझाव आएकाले नेतृत्वले त्यसै अनुसारको तयारी गरिरहेको छ । माओवादी विधानमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् चुकन्दर खानुको फाइदा
-
चिनियाँ कम्पनीले गर्यो नेपालमा प्रतिवर्ष ५ हजार सवारी उत्पादनको सम्झौता
-
इलाम २ मा फेरि बढाए डम्बरसँग सुहाङले मतान्तर
-
नेपालसामु बृहत् लगानी तथा उत्पादनको अवसर छ : मन्त्री भण्डारी
-
‘सिधा कुरा’ प्रकरणमा नाम जोडिएकोप्रति अख्तियारको आपत्ति
-
गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो