सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्नेले मागे माफी, भिडियोमा सँगसँगै देखिए

सोमबार, १९ पुस २०७८, १० : २६
सोमबार, १९ पुस २०७८

गायक राजेश पायल राईमाथि स्टेजमा नै दुर्व्यवहार गर्ने व्यक्तिले माफी मागेका छन् । गत शुक्रबार अमेरिकाको न्युयोर्कमा कार्यक्रमकै दौरान राईमाथि आक्रमण भएको थियो । अमेरिकामा रहेका ससाङ लामाले सामाजिक सञ्जाल फेसबुकबाट सो कुराको जानकारी दिँदै गायक राईले पनि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पालाई माफी दिएको जिकिर गरेका छन् ।
लामाका अनुसार हिमाली संस्कार अनुसार शेर्पाले ‘बिजुली पानी’ (रक्सी) राखेर ‘शिर उभाउनी’ गरेर माफी मागेका थिए । लामाले सो विवाद सल्टिएको र गायक राई न्युयोर्कमा रमाइलो गरिरहेको पनि बताएका छन् ।

​लामाले फेसबुकमा लेखेका छन् : शिर उभाउनी ! रिसको आवेगमा 'तँलाई म नमारी छोड्दिन' भन्छन् | तर मारी त हाल्दैन नि ! त्यस्तै राजेश पायल राईको कन्सर्टमा, स्टेजैमा चढी पासाङ दावा शेर्पाले राजेशलाई अभद्र व्यवहार गरे, जसको उनलाई पछुतो भयो र रक्सी र खादा लागि 'शिर उभाउनी' गरेर माफी मागे| हाम्रो हिमाली संस्कार र किराँती संस्कारमा बिजुली-पानी राखेर माफी मागी सकेपछि खुला हृदयले माफी दिन्छन् | परापूर्वकाल देखि नै हाम्रा पुर्खाहरूले झगडा रगडा हुँदा यसरी नै सल्टाउँदै आएका छन् | अब आगो माथि घिउ थप्ने काम नगरौँ ! 

यसैबीच राईले पनि एक भिडियोमार्फत आफूले शेर्पालाई माफी दिएको बताएका छन् । राईले शेर्पासँगैको भिडियो सेयर गर्दै माफी दिएको बताएका हुन् । आरोपितले पनि आफूले दुर्व्यवहार गरेको नभइ राईलाई मापसेको सुरुमा स्टेजमा गएर हक गर्दा गलत सन्देश गएको दावी गरेका छन् । 

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप