भिष्मा मिसेज हिमालयन नेपाल घोषित
मिसेज हिमालयन नेपालको आठौं संस्करणको उपाधि इलामकी भिष्मा नेम्वाङले जितेकी छन् । उनले उपाधिसँंगै थाइल्याण्डको बैंककमा हुने ‘एसिया फेसन रनवे’ मा सहभागीको अवसर समेत प्राप्त गरेकी छन् । हिमालयन मुभिजको आयोजना रहेको प्रतियोगितामा सबिना तामाङ् फस्ट रनर्सअप प्रतिक्षा खड्गी सेकेन्ड रनर्सअप भए ।
विवाहित महिलाबीच आयोजित प्रतियोगितामा भिष्मा नेम्वाङ्गले मोस्ट एट्रयाक्टिभ, सविना तामाङ मोस्ट कन्फिडेन्ट, प्रतिक्षा खड्गी मोस्ट स्मार्ट, इश्वरी श्रेष्ट बेस्ट प्रर्सनालिटी र पपुलर भिडियो अवार्ड, सुशीला कटुवाल मोस्ट डिलिजेन्ट र शर्मिला रिमाल बेस्ट फोटोजेनिक भए ।
हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा गायिका बुनु राई मानन्धर, अभिनेता तथा बैंकर तेज गिरी, फेशन डिजाइनर सुक्निता चौलागाई, व्युटिसियन नेपाल २०१५ गौरा राई, ब्राइडल कन्टेस्ट नेपाल २०२० ज्ञानु नगरकोटी, सौन्दर्यकर्मी एवम् नृत्य प्रशिक्षक शर्मिला कोइराला रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण