माओवादी महासचिवका दावेदार वर्षमान पुन भोलि नेपाल फर्किने
नेकपा माओवादी केन्द्रका महासचिवका दाबेदार वर्षमान पुन मंगलबार स्वदेश फर्किने भएका छन् । जन्डिसको उपचारका लागि चीनमा रहेका उनी मंगलबार नेपाल फर्किने केन्द्रीय समिति बैठकपछि नवनिर्वाचित अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूलाई जानकारी गराए । उनले पदाधिकारी पुनकै सहभागिता समेतमा छानिने सो क्रममा बताए ।
‘वर्षमान पुन भोलि डिस्चार्ज हुनुहुन्छ । पुन र ओनसरी घर्ती पार्टीका नेताहरु हुनुहुन्छ । उहाँहरुको उपस्थितिमै पदाधिकारी चयन गर्दा ठीक हुन्छ भन्ठानेर नै २५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो। उहाँहरूकै सहभागितामा बाँकी पदाधिकारी पनि चयन हुन्छ’, प्रचण्डको भनाइ थियो ।
पुनले पार्टी महासचिवका रुपमा आफ्नो दावी पेश गर्दै आएका छन् भने सशक्त दाबेदारका रुपमा अर्का नेता जनार्दन शर्मा पनि अगाडि आएका छन् । पुन र शर्माबीच महासचिवमा रस्साकस्सी हुँदै गर्दा प्रचण्डले देव गुरुङलाई समेत महासचिवको रुपमा अघि सारेका छन् ।
महासचिवमा सहमति हुन नसक्दा सोमबारको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी चयन हुन सकेन । बैठकले प्रचण्डलाई अध्यक्षमात्रै घोषणा गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण