पूर्वकप्तान मल्लसहित असन्तुष्ट खेलाडी बन्द प्रशिक्षणमा, तस्बिरमा हेर्नुहोस्
पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित असन्तुष्ट खेलाडीहरू बन्द प्रशिक्षणमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटका लागि शनिबारदेखि बन्द प्रशिक्षण सुरु गरेको थियो । तर, नौ जना खेलाडीले भने बन्द प्रशिक्षणमा नआउने अडान लिएका थिए ।

आइतबारसम्म असन्तुष्ट खेलाडीहरू बन्द प्रशिक्षणमा नफर्किएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दासानायकेलगायतले उनीहरूसँग वार्ता गरेका थिए । वार्ता सकारात्मक भएपछि असन्तुष्ट खेलाडीहरू बन्द प्रशिक्षणमा फर्किएका छन् ।

खेलाडीहरूको ग्रेडिङ गरेपछि असन्तुष्ट बनेका खेलाडीहरूले मिडियामा टिप्पणी गरेको भन्दै क्यानले कप्तान मल्लसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी तथा कमलसिंह ऐरीलाई कारबाही गरेको थियो । कारबाहीपछि खेलाडी र क्यानबीच विवाद चुलिएको थियो । हाललाई भने विवाद साम्य भएको छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण