जनमत पार्टीका कार्यकर्ताद्वारा गौरमा विरोध प्रदर्शन
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले रौतहटको सदरमुकाम गौरमा सरकारको विरुद्धमा प्रदर्शन गरेका छन् । पार्टी जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवको नेतृत्वमा ब्यानरसहित दर्जनौँको सङ्ख्यामा गएका जनमत कार्यकर्ताहरूले विभिन्न १० सूत्रीय माग सहित गौर बजारमा प्रदर्शन गरेका हुन् ।
किसानको जायज माग पुरा गर,निर्दोष कार्यकर्तालाई बिना सर्त अविलम्ब रिहा गर,प्रहरी दमन बन्द जस्ता नारा लगाउँदै बीपी चोकबाट सुरु भई गौर भन्सार सम्म पुगेर पुनः बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान,केन्द्रीय समाज कल्याण विभाग प्रमुख वीरेन्द्र साह लगायतका नेताहरूले कृषि प्रधान देश नेपालमा मधेसका ९० प्रतिशत भन्दा बढी जनता कुनै न कुनै रूपमा कृषिमा आधारित रहेको र सरकारले मल खाद,बीउ,सिँचाइको सुविधा नदिएर किसान सँग विभेद गरिरहेको बताएका थिए ।
किसानले आफ्नो माग पूरा गराउन आन्दोलन गर्दा जायज माग सम्बोधन गर्नुको साटो किसान माथि दमन गरिरहेको र विभिन्न झूटा मुद्दामा जनमत कार्यकर्ता लाई फँसाइरहेको कोणसभामा नेताहरूले आरोप लगाएका थिए ।
जनमत पार्टीले अघि सारेको मागहरूमा पूरा नभएसम्म आन्दोलन जारी रहने तथा आउँदा दिनमा आन्दोलन थप सशक्त हुने नेताहरूले कोणसभामा चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण