‘हामी तीन भाइ’ को सिक्वेल बन्ने, अस्मिताको आवाजमा ‘झम्के फुली’ गीत
राजेश हमाल, स्वर्गीय श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, रेखा थापा र नन्दिता केसीको अभिनय रहेको फिल्म ‘हामी तीन भाइ’ को सिक्वेल बन्ने भएको छ । निर्देशक मधुसुदन भट्टराईले अहिलेका कलाकारहरु लिएर यो नामबाट फिल्म बनाउन लागेका हुन् ।
फिल्मको मंगलवार ‘झम्के फुली’ बोलको एक गीत रेकर्ड गर्दै काम सुरु भएको छ । साप शक्तिको संगीत रहेको गीतमा अस्मिता अधिकारी र संगीतकार शक्तिले स्वर भरेका छन् ।
सलोन बस्नेत, जहान्वी बस्नेत, शिशिर राणा, विकास चापागाईँ, दीक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहने फिल्मका केही कलाकार छनौटको क्रममा छन् ।
फिल्मको प्रस्तुतकर्तामा साजित महत हुन् । विक्रम तामाङ कार्यकारी निर्माता रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, मनिष गौतम र रिवाज दाहालको लेखन छ । पारिवारिक प्रेमकथामा आधारित रहने फिल्म प्रसिद्धि सिनेआर्टसको ब्यानरमा बन्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण