‘कठपुतली’ प्रचार फन्डा, टिकटकमा आइफोन
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो ‘कठपुतली’ । एकल प्रदर्शन अवसर पाएको फिल्मले दर्शकका लागि नयाँ अफर ल्याएको छ । फिल्म हेर्न आउने दर्शकमध्ये एकलाई आइफोन १२ उपहार दिने अफर अहिले निर्माण पक्षले सार्वजनिक गरेको छ ।
निर्माण युनिटकाअनुसार फिल्म हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक जनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गरिनेछ । एक टिकट एकजनाको लागि मात्र मान्य हुने र टिकट नम्बरको आधारमा मान्यता जाँच हुने निर्माण पक्षले जनाएको छ ।
नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी फोटो खिचेर सबैले देख्नेगरी अर्थात ‘पब्लिक पोष्ट’ कुनैपनि सोसल मिडियामा राख्नुपर्ने हुन्छ । त्यसरी फोटो राख्दा ’क्याप्सन’ मा ‘ह्यासट्याग कठपुतली ह्यासट्याग विनआइफोन’ लेख्नुपर्ने हुन्छ । ह्यासट्याग प्रयोग गरि फोटो पोष्टको सूचना फिल्म टीमले प्राप्त गर्नेछ । ‘लक्की ड्र’ मार्फत आगामी फेब्रुअरी १ मा विजेता घोषणा गरि उपहार दिइनेछ ।
मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको फिल्म भीमसेन लामाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण