एमाले काठमाडौं अधिवेशनको तयारी पूरा
बिहीबार, २२ पुस २०७८, १७ : ४४
नेकपा एमाले काठमाडौंको शुक्रबार हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी क्रिकेट मैदानमा शुक्रबार हुने जिल्लाको छैटौँ अधिवेशनको तयारी पूरा भएको अध्यक्ष कृष्ण राईले जानकारी दिए ।
जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राईले बताए ।
काठमाडौँका ११ नगर र १३८ वटा वडाहरूमा र १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरुबाट २० पुसमा जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको थियो । शुक्रबार (२३ पुस) मा उद्घाटन हुने जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि २४ गते राष्ट्रियसभा गृहमा २४ पुस शनिबार बन्द सत्र हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण