शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युभेन्ट्स र नेपोलीले अंक बाँडे

शुक्रबार, २३ पुस २०७८, ०८ : २९
शुक्रबार, २३ पुस २०७८

इटालियन सिरी ‘ए’ मा बिहीबार राति युभेन्ट्सले घरेलु मैदानमा नेपोलीसँग १/१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । 

एक गोलले पछि परेको युभेन्ट्स बराबरी गर्न सफल भएको थियो । खेलको २३ औं मिनेटमा ड्रिएस मेर्टिन्सको गोलसँगै नेपोलीले १(० को अग्रता बनायो । खेलको ५४ औं मिनेटमा फेडरिको चिइसाले बराबरी गोल गरे । 

बाँकी समय दुबै टोलीले गोलका प्रयास गरेपनि सदुपयोग भएनन् । बराबरीसँगै युभेन्ट्स २० खेलबाट ३५ अंक जोडेर पाँचौ स्थानमा छ भने नेपोली ४० अंक जोडेर तेस्रो स्थानमा छ । 

सिरी ए कै अर्को खेलमा ९ खेलाडीमा सिमित रोमालाई ३(१ ले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा उक्लिएको छ । जितसँगै मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर ४६ अंकसहित शीर्ष स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप