केजीएफ स्टार यश : बस चालकका छोरा कसरी बने २५० करोडको फिल्म खेल्ने पहिलो अभिनेता ?
कन्नड अभिनेता यशले आज ३५ औं जन्मदिन मनाइरहेका छन् । यशको जन्म सन् १९८६ को जनवरी ८ मा भएको हो । उनी कर्नाकटको सानो गाउँमा हुर्किएका थिए । उनको असली नाम नवीन कुमार गौडा हो । यशका पिता अरुण कुमार गौडा कर्नाटक स्टेटमा बस चालकको काम गर्ने गर्दथे ।
यशले एक अन्तरवार्तामा उनका पिता बस चालक भएको खुलाएका छन् । उनले केजीएफको प्रीरिलीजको एक कार्यक्रममा राजामौलीले भनेका थिए, ‘म यशका पिता बस चालक थिए भन्ने सुनेर अचम्ममा परेँ । मेरो लागि यशभन्दा उनका पिता ठूलो अभिनेता हुन् ।’
यश सानैदेखि अभिनेता बन्न चाहान्थे । उनले एकपटक विद्यालयको एक कार्यक्रममा फिल्मको सिन अभिनय गरेका थिए । जसले उनलाई आफू अभिनेता भएको भान भयो । पढ्दापढ्दै उनले १२ कक्षापछि पढाई छोडिदिए । त्यसपछि नाटक मण्डलीमा भाग लिए । उनलाई परिवारमा अभिनेता बन्न छुट थिएन । तर उनले परिवारको विरुद्ध गएर आफ्नो अभिनय गर्ने सौख पूरा गरे । परिवारलाई दुखी बनाएर ३०० रुपियाँ बोकेर बेंगलुरु गएका उनलाई अभिनेता बन्न भने सफल भएन । फिल्मी दुनियाँको बारेमा जानकारी नभएका यश दिनभर यता र उता हिँड्दै काम खोज्थे । उनले सुरुवाती दिनहरुमा ब्याकराउण्ड आर्टिस्टको भूमिका निभाए । स–साना काम गर्दागर्दै उनले टेलिभिजनमा सीरियलमा काम गर्न थाले ।
उनको करियर भने केजिएफले नै उचाईमा पुर्यायो । यो फिल्म सन् २०१८ मा रिलीज भएको थियो । यो फिल्म नै पहिलो फिल्म हो जसले २५० करोड भन्दा बढी कमाई गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण