‘किड्स अफ द इयर इन्टरनेशनल’ : ४ विजेता घोषित
धुलिखेलस्थित आगन्तुक रिसोटमा शनिबार अबेर साँझ सम्पन्न ‘किड्स अफ द इयर इन्टरनेशनल’को तेस्रो संस्करणमा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता घोषणा गरिएको हो । प्रतियोगितामा ‘किड्स अफ द इयर इन्टरनेशनल’ जुनियर केटा तर्फ राजय बादे विजेता बने । यही प्रतियोगिता तर्फको फष्ट रनरअप आशुतोष सापकोटा चुनिँदा सेकेन्ड रनर अफ रुवेन्द्र पसछेँ भए ।
त्यस्तै ‘किड्स अफ द इयर इन्टरनेशनल’ जुनियर केटी तर्फ सराहाना शाक्यले शिर्ष उपाधि चुमिन् । यहि प्रतियोगितामा रुविना नापित फष्ट रनरअफ र श्याफरोन प्रजापती सेकेन्ड रनरअप भए । यस्तै ‘किड्स अफ द इयर इन्टरनेशनल’ सिनियर केटा तर्फको बिर्ष उपाधि श्रमन शाक्यले हात पारे । यहि प्रतियोगीतामा फष्ट रनरअप आदीत्य सापकोटा र सेकेण्ड रनरअफ आदीत्य कार्की भए ।
सोही अवसरमा ‘किड्स अफ द इयर इन्टरनेशनल’ सिनियर केटी तर्फ पुर्वीशा श्रेष्ठ विजेता घोषित भइन् । यहि प्रतियोगितामा याशना श्रेष्ठ र आर्या मानन्धर क्रमश फष्ट रनर अप र सेकेन्ड रनरअप छानिए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा रेखा शाह (गायिका), सुशिल श्रेष्ठ (अभिनेता), रेश्मा श्रेष्ठ (फेसन डिजाइनर), मनिषा डंगोल श्रेष्ठ (निर्देशक लण्डन फेसन हाउस, उद्धव बहादुर खड्का (प्रमुख हव इन्टरनेशनल इजुकेसन) निर्णायक रहेका थिए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुले बताए ।
७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगिताका प्रतियोगीको कोरियोग्राफी राज फैजुकै गरेका थिए भने श्रीषा बैदार फैजुले प्रतियोगीको ड्रेस डिजाइन गरेकी थिइन् ।
शीर्ष सहित विभिन्न उप–विजेता समेत छानिएको प्रतियोगीताको मुख्य प्रयोजक इमामी इन्डिया लिमिटेड र सहयोगी झण्डु च्यावन प्रास रहेको छ । प्रयोजकले सहभागी सबैलाई उपहार समेत बाडेको प्रतियोगीताका शिर्ष विजेताले विभिन्न गिफ्ट र अवसर उपहारका रुपमा प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण