अब फिल्म हेर्न पनि कोरोनाको खोप कार्ड चाहिने
अब फिल्म हेर्नका लागि पनि कोरोनाको खोप कार्ड चाहिने भएको छ । आइतबार बसेको कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गरेसँगै फिल्म हेर्न पनि कोरोना खोप कार्ड चाहिने भएको हो ।
नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म हेर्न आउने दर्शकले अनिबार्य कोरोनाको खोप कार्ड देखाउनुपर्ने बताए । ‘कोभिड १९ व्यवस्थापन समितिको बैठकले गरेको निर्णय फिल्म हलमा पनि लागु हुनेछ,’ शर्माले भने ‘त्यो सबैको सुरक्षाका लागि हो । त्यसको अलवा हल हामी हलमा प्रत्येक शोमा स्यानिटाइज समेत गर्नेछौँ ।’ शर्माले कोभिड १९ व्यवस्थापन समितिसँग आफ्नो छलफल समेत भइरहेको र फिल्म हल अहिले बन्द नहुने सुनाए ।
बैठकले सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ । त्यस्तो कार्ड मोबाइलमा खिचेर देखाए पनि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा को–को छन् घाइते ? (सूचीसहित)
-
सर्वोच्च अदालतको आदेश अब सोही दिन विद्युतीय प्रणालीमा अपलोड हुने
-
लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन
-
चिप निर्माता सीएक्सएमटी बन्यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी
-
नारायणी अस्पताल घटना : चिकित्सकलाई काम गर्ने वातावरण बनाउन मन्त्रालय कटिबद्ध
-
गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण