सोमालियाली सेनाको कारबाहीमा २१ अल–शबाब लडाकको मृत्यु
सोमबार, २६ पुस २०७८, १३ : ४३
सोमाली राष्ट्रिय सेना (एसएनए) र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको एक आक्रमणलाई असफल पारिएको जनाइएको छ । सोही क्रममा सेनाले गरेको कारबाहीको क्रममा २१ अल–शबाब लडाकूहरूलाई मारिएका एसएनएका अधिकारीहरु जनाएका छन् ।
एसएनएकाअनुसार यस कारबाहीमा परी १३ औं बटालियनका कमाण्डरसहित चार सैनिक र २१ अल शबाब आतङ्ककारी मारिएका छन् । एसएनए र गाल्मुदुग क्षेत्रीय सेनाले वीरतापूर्वक आक्रमणलाई असफल गरेको र २१ आतंककारीहरु मारिएका सरकारी स्वामित्व रहेको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।
मध्य र दक्षिणी क्षेत्रहरुमा अल–शबाब लडाकूहरुविरुद्ध सरकारी सेनाहरूद्वारा तीव्र कारबाहीहरु जारी रहेको छ । लडाकूहरूले अझै पनि ग्रामीण इलाकाहरू नियन्त्रण गर्ने र एम्बुसहरु थापेर विस्फोट गराउने कामहरु गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण