फिल्म ‘हेल्लो जिन्दगी’ ११ चैत्रबाट प्रदर्शनमा आउने
फिल्म ‘हेल्लो जिन्दगी’ ११ चैत्रमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मितिसँगै प्रचारप्रसार समेत थालेको छ । सोही क्रममा फिल्मका प्रमुख अभिनेता तथा निर्माता बिक्रम डि जोशीले आफ्ना स्कुले सिद्धार्थ बनस्थली–२०४७ को साथीहरुलाई ‘हेल्लो जिन्दगी’ अंकित ‘टोकन अफ लभ’ बाडेर फिल्मको प्रचार गरेका छन् ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ युके र नेपालमा खिचिएको हो । महंगो लगानीमा निर्माण भएको फिल्मको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् ।
सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मात्रीमा सबिता गुरुङ छिन् ।
फिल्ममा बिक्रम डि जोशीका साथमा प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई, एभरेष्ट सूर्य बोहरा, बिक्रान्त बस्नेत, सबिता गुरुङ, जानकी पन्त, धु्रव दत्त, कुमुद पन्त र सनमकुमार बैरागको अभिनय छ ।
निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा रहेको फिल्मको लाइन प्रोड्युसरमा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण