कटरीना–विकीको विवाहमा सलमानलाई थिएन निम्तो
बलिउड अभिनेत्री कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा आइरहेका छन् । उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो । अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो ।
यो प्रश्नको उत्तर अहिले सलमानका ज्वाइँ आयुष शर्माले दिएका छन् । आयुषका अनुसार सलमान र परिवारलाई कटरीनाले विवाहको निम्तो दिएकी थिइनन् ।
‘कटरीना कैफ र हामीबीच राम्रो सम्बन्ध छ र हामी सबैजना उनको नयाँ जिन्दगीको लागि शुभकामना दिन्छौं । उनी आफ्नो विवाह नजिकका मान्छेबीच गर्न चाहन्थिइन् । यसमा ठूलो कुरा होइन । तर एउटा कुरा के हो भने खान परिवारलाई निम्तो आएको थिएन’, एक पत्रिकासँगको अन्तरवार्तामा आयुषले भनेका छन् ।
उनले कटरीना खान परिवारका लागि जहिल्यै एक सदस्यको रुपमा रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण