काँग्रेस जिल्ला अधिवेशन : धनुषामा सन्तोष यादव संस्थापनका सभापतिका उम्मेदवार
नेपाली काँग्रेस संस्थापन पक्षले धनुषा जिल्ला सभापतिको उम्मेदवारमा सन्तोष यादवलाई अघि सारेको छ । नेपाली काँग्रेस धनुषामा जिल्ला अधिवेशन हुँदैछ । सोही अधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुको भेलाबाट यादवलाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरिएको केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिए । उनले पार्टीलाई आउने निर्वाचनमा बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउदै यसको लागि युवा र काम गर्ने व्यक्तिको आवश्यकता रहेकाले यादवलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गर्नु परेको पनि बताए । यादव सबैभन्दा योग्य व्यक्ति रहेको कारणले सबैसँग छलफल गरेर उम्मेदवार बनाउने निर्णय लिएको नेता रिजालको भनाई छ ।
भेलामा बोल्दै काँग्रेस नेता आनन्द ढुंगानाले अहिलेपनि लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने दायित्व नेपाली काँग्रेसको काँधमा रहेको बताए । उनले नेपाली काँग्रेसको नेतृत्वमा संविधानको सफल कार्यान्वयन र निर्वाचन आवश्यक रहेको बताउनुभयो । ढुंगानाले संविधानलाई बलियो बनाउनुको साथसाथै संघीयताको संस्थागत विकासमा समेत काँग्रेसको काँधमा दायित्व आएको बताए ।
त्यसैगरि काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी विधि र प्रक्रिया अनुसार चल्नुपर्ने आवश्यकता रहेको औल्याउँदै अहिले लोकतन्त्रको पर्यायवाची नै आफनो पार्टी भएको जिकिर गरे । उनले अहिले पार्टीलाई गुटगत भन्दापनि सबैको मन जित्ने खालको नेतृत्वको आवश्यकता रहेको औंल्याउनुभयो । यादवले युवाको काँधमा जिम्मेवारी आउँदा आउने निर्वाचनमा जिताउने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण