संक्रान्ति पर्वमा मधेसमा छोरीलाई विभेद
संक्रान्ति पर्व विभिन्न जातजाति समुदायले छुट्टाछुट्टै तरिकाले मनाउने गरेका छन् । तराई मधेसमा मनाइने संक्रान्ति पर्वमा छोरीलाई भने विभेद गरेको पाइएको छ । राजविराज नगरपालिका-६ का सुमन देवले भनिन्, ´ यो पर्वमा तिल, गुड, चामल, केरालाई मुछेर प्रसाद बनाइन्छ । प्रसाद कुलदेवतालाई चढाएर घरमा भएका हजुरबुबा, हजुरआमा, बुवाआमाले नाति छोरालाई सूर्य भगवानलाई साक्षी राखेर तिल तिल बहबी भन्दै पाँचदेखि सात पटक खुवाउने र छोराले ह ह भन्ने चलन रहेको छ ।' छोरी विवाह गरेर अर्काको कुलमा, अर्काको घर जाने भएकोले छोरीलाई खुवाउने चलन नरहेको देव बताउँछिन् ।
सप्तरीको राजविराज नगरपालिका वडा-१३ कि ८० वर्षिया सावित्री देवी देवले भनिन्, ´छोराको आमाबाबुलाई पाल्ने, दाहसंस्कार गर्ने जिम्मेवारी भएकोले छोरालाई उक्त प्रसाद आफ्नो हातले खुवाउने प्रचलन परापूर्व कालदेखि नै रहँदै आएको छ ।'
छोरीहरू अर्काको अधिनमा हुने भएकोले उनीहरूको आवश्यकता भएको बेला उपस्थिति हुन नसक्ने अवस्थामा कर लगाउन नमिल्ने भएपछि छोरीलाई नखुवाउने गरेको उनको तर्क छ ।
मुरही, चिउरा, तिलको लड्डु छोरी खान दिने मिल्ने,छोरीको घरमा कोसेली पठाउन मिल्ने तर छोरा नातिलाई खुवाए जस्तै सूर्यलाई साक्षी राखेर खुवाउन नमिल्ने राजविराज-२ का पवनकुमार यादवले बताए।
तिलमा रोगप्रतिरोधात्मक क्षमता बढाउने शक्ति हुनुका साथै एन्टी एक्सिडेन्ट पनि पर्याप्त मात्रामा पाउने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । धार्मिक मान्यताअनुसार तिललाई निकै शुद्ध मानिन्छ । हरेक पूजा पाठमा तिलको प्रयोग गर्ने चलन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण