समाजसेवी थापा सम्मानित
समाजसेवी उज्ज्वल विक्रम थापालाई सिन्धुलीमा एक कार्यक्रमका बीच अभिनन्दन गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीले एक कार्यक्रमको आयोजना गरी आज अभिनन्दन गरेको हो ।
पुर्ख्यौली घर सिन्धुली रहेका थापाको पहलमा नेपाल सरकारलाई ऐन नै बनाएर तेजाब लगायत जलन पीडितहरूको निःशुल्क उपचार र न्याय तथा रोजगारीका लागि बाध्य पार्नु भई सरकारले ऐन ल्याएको छ । थापाले भूकम्प पीडितलाई ५ सय ७६ ओटा अस्थायी टहरा निर्माण गरी हस्तान्तरण समेत गरेको थियो ।
थापाले लामो समय देखि तेजाब पीडितहरूलाई सहयोग गर्दै आइरहेका छन् । थापाको एकल सहयोगमा १८ वर्ष मुनिका बालबालिकालाई सुस्मा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघिय समितिका अध्यक्ष डण्ड गुरुङले थापालाई अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए । फोनिज सिन्धुलीका अध्यक्ष रोहित कुमार गुरुङ अध्यक्षतामा भएको अभिनन्दन समारोहमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति सचिव राजन गाउँले, नेपाल पत्रकार महासंघ सिन्धुलीका कोषाध्यक्ष अनिल भण्डारी लगायतले मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण