कति छन् काठमाडौँ उपत्यकामा सक्रिय कोरोना सङ्क्रमित ?
काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको हटस्पट बन्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौँ उपत्यकामा ५ हजार ५ सय ४९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा चार हजार चार, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर कूल परीक्षणको ४४.९ प्रतिशत सङ्क्रमण पुष्टि भएकामा उपत्यकामा मात्रै २४.३ प्रतिशतमा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ । हाल काठमाडौँमा १७ हजार ७०९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् भने ललितपुरमा ४ हजार ४७१ र भक्तपुरमा २ हजार २९६ गरी कूल २४ हजार ४७६ जना सक्रिय सङ्क्रमित छन् ।
यस्तै आज देशभर १० हजार २५८ जनामा कोरोना सङ्क्रमण भएको छ । कोरोना महामारी सुरु भएयता एक दिनमै सङ्क्रमण भएको यो सङ्ख्या सबैभन्दा धेरै हो । आज २२ हजार ८२८ को नमुना परीक्षण गर्दा १० हजार २५८ मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४४ पुगेको छ। आजसम्म नेपालमा कूल ९ लाख ७२ हजार १९८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण