डुम्रे-बेसीशहर सडक दुई लेनमा स्तराेन्नति हुँदै
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने डुम्रे–बेसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । मनाङ र लमजुङलाई राजधानी काठमाडाैं तथा विभिन्न ठूला सहरसम्म जोड्ने बेसीसहर–डुम्रे सडक एकमात्रै सडक हो । ४२ किलोमिटर डुम्रे–बेसिशहर सडकखण्डमा दैनिक ५ सयको हारहारीमा सवारी साधन ओहोरदोहोर गर्दछन् । तर, सडकको उचित मर्मत र विस्तार नहुँदा यात्रु निकै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तले बताए । उनका अनुसार २ लेनको सडक निर्माण कार्य ३० महिनामा सक्ने गरी सम्झौता भएको छ ।
पन्तका अनुसार डुम्रे बजारबाट दुई सय २० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो। यसअघि ३ दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) अव ७ मिटरको हुनेछ ।
दायाँबायाँ १/१ मिटरको ‘सोल्जर’ हुने उक्त सडकमा आवश्यकताअनुसार १/१ मिटरको नाली निर्माण हुनेछ । पृथ्वी राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/ १५ मिटरको हुने भएको छ । अहिले सडकको नाली बनाउने, चौडाइ पुर्याउन कटिङ गर्ने, पर्खाल उठाउने लगायत निर्माण कार्य भइरहेको छ । आठ दशमलव आठ किलोमिटर सडक ०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो।
उक्त सडकका लागि भ्याट र पीएसबाहेक ७५ करोड ९४ लाख ९७ हजार रुपैयाँको लागत अनुमान गरिएकोमा आशिष अनेस्ट जेभीले ३८ करोड ९ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने डुम्रे–बेसीशहर सडक मर्मत नहुँदा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण