झापामा बुस्टर डोज यसै साताभित्र
जिल्लामा अग्रपङ्तिमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत चुडामिण लुइँटेलका अनुसार दुवै डोज कोभिशिल्ड लगाएका आठ हजार ८४० र भेरोशिल्ड लगाएका करिब १५ हजार जनालाई बुस्टर डोज दिने तयारी छ ।
उनले पूर्ण खोपको रूपमा जसले पहिलो जे लगाएको छ, उसलाई बुस्टर डोजका रूपमा पनि त्यही खोप दिइने बताए । जिल्लामा १० लाख जनालाई खोप लगाउने लक्ष्यअनुसार चार लाख ७२ हजार ७२९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउने तीन लाख ८८ हजार ७८१ रहेका छन् ।
हाल जिल्लाका १५ वटै पालिकामा १८ वर्ष माथिकालाई खोप लगाउने काम धमाधम भइरहेको छ । जिल्लामा बुस्टर डोज दिन थप ६० हजार डोज खोप स्वास्थ्य मन्त्रालयसँग माग गरिएको लुइँटेलले बताए । खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेकालाई मात्र बुस्टर डोज दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
-
उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'
-
आफ्नो कप्तानीमा लगातार विश्वकपको उपाधि जित्ने मेस्सीको सपना चकनाचुर
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण